यौन दुर्व्यवहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ 

यौन दुर्व्यवहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ 

मकवानपुर , ३० असार ।

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–९ का वडा अध्यक्ष भुवनसिंह घलानलाई छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा   प्रहरीले पक्राउ गरेको छ । वडा अध्यक्ष घलानलाई मंगलबार दिउँसो १ बजे हेटौंडा बजार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङका अनुसार वडा अध्यक्ष घलानलाई पीडित छात्राले दिएको जाहेरीको आधारमा मंगलबार दिउँसो पक्राउ गरिएको हो ।

राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन आएकी कैलाश–९, नामटारस्थित कालिका माविकी छात्रालाई दुव्र्यवहार गरेको वडा अध्यक्ष घलानलाई आरोप छ ।

प्रतियोगितामा सहभागि हुन आएकी ती छात्रालाई वडाअध्यक्ष घलानले असार १८ गते राति हेटौंडा–१० स्थित होटलमा यौन दुव्र्यवहार गरेको आरोपमा छ ।

प्रतिक्रिया

TOP