गोरखामा बलात्कारको आरोपमा पक्राउ परेका युवक पुर्पक्षका लागि कारागार चलान

गोरखामा बलात्कारको आरोपमा पक्राउ परेका युवक पुर्पक्षका लागि कारागार चलान

गोरखा । गोरखामा जवरजस्ती बलात्कारको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । गोरखा, पालुङटार नगरपालिका वडा नम्बर ९ बिर्दीस्थित बुढुवाका ३२ को बर्षीया शेरबहादुर गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डिएपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए।

गुरुङ १४ बर्षकी बालिकालाई गएको चैत २६ गते करिब ५ बजेको समयमा बाटोमा एक्लै हिडिरहेको अवस्थामा पछाडीबाट जवरजस्ती समातेर आफ्नो घर भित्र पु¥याएर बलात्कार गरेकोभन्दै पीडितका आफ्न्तले प्रहरीमा जोहरी दिएका थिए । प्रहरीमा उजुरी परेपछि उनलाई चैत २६ गते पक्राउ गरि जवरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो ।

अनुसन्धानपछि आवश्यक कारवाहीका लागि प्रहरीले गोरखा जिल्ला अदालत गोरखामा पेश गरेकामा अदालतले गुरुङलाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

TOP