गोरखा, २९ असार । गोरखा र तनहुँको सिमानामा पर्ने मस्याङ्दी नदीमा हामफालेर एक महिला वेपत्ता हुनुभएको छ । पालुङटार नगरपालिका–७, च्याङ्ली घर भएकी अन्दाजी ६८ बर्षकी ज्ञानु नेपाली आइतबार साँझ करिब ७ बजे मस्याङ्दी नदीमा फाल हानेर वेपत्ता भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक धिरेन्द्र यादवका अनुसार घटनाको जानकारी प्राप्त भएलगत्तै अस्थायी प्रहरी पोष्ट विरुवाटारको टोली घटनास्थलमा पुगेको थियो । महिला हामफालेको स्थान तनहुँतर्फ पर्ने भएकाले अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरीको टोलीले वेपत्ताको खोजी कार्य जारी राखेको उनको भनाई छ ।











प्रतिक्रिया