सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
सोही नगरपालिकाको ८ नम्बर वडाबाट कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु।प्र।०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटना भएको हो ।
मृत्यु हुने हरुमा कुपिण्डे नगरपालिका( ८ का ५० वर्षीय टोपबहादुर थापा , ५० वर्षकै ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर देवराज भट्टराईले जानकारी दिए ।
उद्धारमा खटिएका वडानम्बर ८ का वडाध्यक्ष कुलबहादुर पुरीका अनुसार जिपमा १८ जना सवार थिए । तीमध्ये १५ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरे सुर्खेतको मेहेलकुना अस्पताल पठाइएको छ ।










प्रतिक्रिया