परपुरुषसंग सम्बन्ध बनाएको भन्दै पत्नीको कुटेर हत्या, आरोपी आफैँ गए बौद्ध प्रहरीमा

परपुरुषसंग सम्बन्ध बनाएको भन्दै पत्नीको कुटेर हत्या, आरोपी आफैँ गए बौद्ध प्रहरीमा

काठमाडौँ । प्रहरी वृत्त बौद्धमा बुधबार बिहान ८ बजेर ४० मिनेटमा एकजना युवक गए । वृत्तको गेटमा पुगेर भने,‘श्रीमतीलाई मैले कुटेर हत्या गरेँ ।’

गेटमा खटिएका सुरक्षाकर्मीले डीएसपी राजु पाण्डेलाई खबर गरे । तत्काल पाण्डे आफ्नो टिमसहित घटनास्थलमा पुगे । काठमाडौँ महानगरपालिका–६ स्थित भुवलडाँडामा रहेको छिरिङ लामाको घरको भुईँ तलामा ढोका खोलेर हेर्दा ३५ वर्षीया अनिसा चाहार मृत अवस्थामा थिइन् ।

चाहार ओछ्यानमा मृत अवस्थामा भेटिएकी हुन् । उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

हत्यामा संलग्न उनका श्रीमान् ३५ वर्षीय सन्तोष परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी ९एसपी० नवराज अधिकारीले रातोपाटीलाई बताए । हत्यामा संलग्न आरोपी ओलखढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर–३ का स्थानीय हुन् ।

पत्नीसँग शंका लागेपछि मोबाइलमा अडियो रेकर्ड सेट गरेर सन्तोषले अनिसाको गतिविधि निगरानी गरे । पर पुरुषसँग बोलेको ४ मिनेटको अडियो सुनेर आफूलाई असह्य भएपछि कुटेर हत्या गरेको उनले प्रहरीसँग साविति बयान दिएका छन् ।

अनिसाले सन्तोषसँग तेस्रो र सन्तोषले अनिसासँग दोस्रो विवाह गरेका हुन् । दुईपटक कतार र मलेसिया गएर फर्केका सन्तोष पछिल्लो समय बौद्धस्थित भुवलडाँडामा बस्दै आएका थिए । हत्या गरेपछि फरार भएपनि प्रहरीले पक्राउ गर्ने आकलन गरेर आफूले समर्पण गरेको उनले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् ।

मृतकको अनुहार, निधार, पेट तथा छातीमा चोट देखिएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

TOP