गोरखामा सुनचोरी गर्ने युवक पुर्पक्षका लागि कारागार चलान

गोरखामा सुनचोरी गर्ने युवक पुर्पक्षका लागि कारागार चलान

गोरखा। गएको चैत्र महिनामा गोरखा सदरमुकामको एक घरमा चोरी गरेको आरोप लागेका एक पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । मोहम्मद जफर नामका ति ब्यतीले सोमबार गोरखा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

आरोप लागेका जफरले गएको चैत्र २१ गते बिहान १० बजेको समयमा गोरखा नगरपालिका–८ को पेट्रोलपप्प नजिकै रहेको रामकुमारी भट्टको घर भित्र पसी सुनका गहना र नगद चोरी गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्ष एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए। उनि भारतीय नागरिक हुन् ।

डिएपी श्रेष्ठका अनुसार जफरले भट्टको घरको ढोका फुटाई कोठा भित्र रहेको सुनको सादा रिङ, हार, झुम्का, चुरा, झुम्का, सिक्री, टप, नगद १० हजार का साथै १ थान मोबाईल चोरी गरेका थिए । घटना लगत्तै भारत इस्लामपुर–८ रक्सौल पूर्वी चम्पारण बिहार घर भई गोरखा नगरपालिका–८ सिमलगैरी बस्दै आएका जफरको १ थान मोबाइल फेला परेको थियो ।

जफरलाई नकवजनी चोरी कसूर शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान पश्चात सरकारी वकिलको कार्यालयबाट राय सहित सोमबार अदालत पेश गर्दा पुर्पक्षको लागि कारागार थुनामा पठाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

TOP