पहिलो कार्यकालमा थालेका अधुरो काम पूरा गर्न दोस्रो पटक उमेद्वारी दिएको हुँः उमेद्वार अधिकारी

पहिलो कार्यकालमा थालेका अधुरो काम पूरा गर्न दोस्रो पटक उमेद्वारी दिएको हुँः उमेद्वार अधिकारी

गोरखा । नेपाली कम्युनिष्ट पार्टी गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उमेद्वार हरिराज अधिकारीले आफुले थालेको अधुरो काम पूरा गर्न दोस्रो पटक उमेद्वारी दिएको बताएका छन् ।

गोरखा सदरमुकामा आज पत्रकारहरुसंगको कुराकानीमा उनले एक कार्यकाल सांसदको भूमिका रहेर गरेका काम पूर्ण भएकाले अघिल्लो अनुभवलाई जोडेर गोरखाको विकास र सम्बृद्धिमा थप पहल कदमी लिने उनले बताए ।

‘थुप्रैकुरा गर्न नसकेको, नभ्याएको अनुभूति मलाई भएको छ, उनले भने, ‘त्यसलाई मैले सकारात्मका पाठको रुपमा लिएको छु, त्यो नपुगेका कुराहरुलाई पूरा गर्न एक कार्यकालका लागि निर्वाचनमा उमेद्वार बनेको हुँ ।’

उमेद्वारी अधिकारीले गोरखाको क्षेत्र नम्बर १ को विकास निर्माणलाई अगाडी बढाउन आफु प्रतिवद्ध रहेको बताए । गोरखाका जनताको अभिमतलाई संसदमा नीति निर्माणमा खेल्नु पर्ने भूमिकामा सशक्त काम गर्न आफु तयार रहेको उनकोभनाई छ ।

उमेद्वार अधिकारीले निर्वाचन जिते आफुले गोरखाका जनताले अनुभूति गर्ने गरी काम गर्ने उल्लेख गरे ।

प्रतिक्रिया

TOP