गोरखा । गोरखामा पार्टीको कार्यक्रममा सहभागी हुन आइपुगेका राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का एक केन्द्रीय नेताको गाडी तोडफोड भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका–३, तान्द्राङस्थित कमलटारमा रास्वपाका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी तोडफोड भएको हो ।
चौरमा पार्किङ गरि राखिएको वागमती प्रदेश ०२५ च ७०३० नम्बरको गाडीको पछाडी भागको सिसा गएराती तोडफोड भएको पार्टीका केन्द्रीय सदस्य एजिला गुरुङले बताउनुभयो ।भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ को वडाअधिवेशनमा सहभागी हुन आइपुगेका बेला उहाँको गाडी तोडफोड भएको हो ।
घटना प्रति रास्वपा गोरखाले गम्भीर आपत्ती जनाएको छ । रास्वपाले सामाजिक सञ्जालमार्फत घटनामा संलग्नको तत्काल खोजी गरि छानविन गरेर कानुन बमोजिम कारवाही गर्न रास्वपाले माग गरेको हो । जिल्ला समितिले घटना अत्यन्त निन्दनीय र लोकतान्त्रिक मूल्य–मान्यताविरुद्धको कार्य भएको उल्लेख गरेको छ ।
घटनामा संलग्नको खोजी र अनुसन्धान सुरु गरिएको गोरखा प्रहरीले जनाएको छ ।











प्रतिक्रिया