आरिफ र दीपेन्द्रको अर्धशतकमा यूएई नपालसंग पराजित

आरिफ र दीपेन्द्रको अर्धशतकमा यूएई नपालसंग पराजित

काठमाडौं । आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्दै शतकीय साझेदारी बनाएपछि आईसीसी टी(२० विश्वकपको आफ्नो पहिलो वार्म अप खेलमा नेपालले यूएईलाई पराजित गरेको छ ।

मंगलबार चेन्नईको एमए चिदाबरम स्टेडियममा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो । यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

आरिफले ३७ बलमा अविजित ६१ रन बनाए भने दीपेन्द्र ३१ बलमा ५० रनमा नटआउट रहे । नेपाल ४५(३ को अवस्थामा हुँदादेखि यी दुई मिलेर शतकीय साझेदारी गरेका हुन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । यूएईका लागि शोएब खानले सर्वाधिक ३८ रन बनाए । हर्षित कौशिकले ३१ रन बनाए ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

नेपालले अब अर्को वार्म अप खेलमा बिहीबार क्यानडासँग खेल्नेछ ।

टी(२० विश्वकपको पहिलो खेलमा नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया

TOP