त्रिशूली नदी आसपास उच्च सतर्कता अपनाउन गण्डकी गाउँपालिकाको अनुरोध

त्रिशूली नदी आसपास उच्च सतर्कता अपनाउन गण्डकी गाउँपालिकाको अनुरोध

गोरखा । गोरखाको गण्डकी गाउँपलिकाले त्रिशूली नदी आसपास उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
अविरल वर्षाका कारण त्रिशूली नदीको जलाधार क्षेत्रमा पानीको बहाव तीव्र भएको र नदीमा बाढीको सम्भावना देखिएकोले गण्डकी गाउँपालिकाले आज एक सुचना जारी गर्दै सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको हो ।

त्रिशूली नदीमा पानीको बहाव अचानक बढ्न सक्ने अवस्था उत्पन्न भएपछि गाउँपालिकाभित्र पर्ने त्रिशूली नदी आसपासका स्थानहरूमा बसोबास गर्ने नागरिक, विशेषतः नदी किनारमा रहेका व्यक्तिहरूलाई कुनै पनि गतिविधि नगर्न र नगराउन विशेष सतर्कता अपनाउन सुचना मार्फत सुचित गरीएको छ ।

नदी आसपासका क्षेत्रमा सुक्खा बेलामा पनि अचानक बाढी आउन सक्ने भन्दै, मानिस तथा पशुधनलाई नदी किनारबाट टाढा राख्न गाउँपालिकाले सबैमा आग्रह गरेको छ ।

गण्डकी गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा आवश्यक सुरक्षाका उपायहरू अवलम्बन गर्न समेत सबै नागरीकहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

TOP