उत्तरी गोरखाको ल्हो पेमा सम्भवा माविलाई शिक्षा मन्त्रीले गरे सम्मानित

उत्तरी गोरखाको ल्हो पेमा सम्भवा माविलाई शिक्षा मन्त्रीले गरे सम्मानित

गोरखा । एसईई परिक्षामा जिल्लाको सर्वोत्कृष्ट नजिता ल्याएको भन्दै उत्तरी गोरखाको एक स्कुललाई शिक्षा मन्त्रीले सम्मानित गरेको छ ।

सम्मानित हुनेमा चुमनुब्री गाउँपालिका–२ को ल्हो, स्यालामा रहेको श्री ल्हो पेमा सम्भवा माघ्यामिक बिद्यालयलाई शिक्षा मन्त्री रघीजी पन्तले एक कार्यक्रम राजधानीमा सम्मानित गरेको हो ।

२०८० सालको एसईई परिक्षामा गोरखा जिल्ला भित्र सर्वोत्कृष्ट नजिता ल्याउन सफल भएकोले पालिकाको आयोजनामा शिक्षा मन्त्री पन्तले स्कुलका ब्यवस्थाकलाई सम्मान पत्र दिएर सम्मानित गरेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए ।

गाउँमा नै कार्यक्रम गर्ने भनियता पनि शिक्षा मन्त्रीको ब्यस्तताका कारण राजधानी पुगेर मन्त्रालयमा नै बिद्यालयलाई सम्मान गरिएको उनले बताए ।

सम्मान कार्यक्रममा बिद्यालयको तर्फबाट ब्यवस्थापक सोनाम दोर्जे रिम्पोछे र गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष लामाको उपस्थिती रहेको थियो ।

२०३५ सालमा स्थापित यो स्कुलले त्यस क्षेत्रमा राम्रो शिक्षा दिने गरेको छ । यो स्कुल गर्मीको ६ महिना ल्होको स्यालामा र चिसोको ६ महिनामा आरुघाट गाउँपालिकाको कोखेटारमा अध्यापन गराउने गरिएको छ ।

०८० सालमा भएको एसईई परिक्षामा १४ जना सहभागी भएकोमा ४ जना बिद्यार्थीहरुले सर्वोत्कृष्ट अंक ल्याउन सफल भएका थिए ।

प्रतिक्रिया

TOP