
गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले विदेशमा रहेका आफ्ना नागरिकहरूका लागि आपतकालीन अवस्थामा आवश्यक सेवा सुविधा पालिकाको रोजगार शाखाबाट नै उपलब्ध गराउन सुरु गरेको छ । गाउँपालिकाले अबदेखि विदेशमा रहेका व्यक्तिहरुको खोजतलास, उद्धार, बैदेशिक रोजगारीका शिलशिलामा विदेशमा कुनै कारणले मुत्यु भएका व्यक्तिकको शव झिकाउ र शव घरसम्म ल्याउनका लागि सेवा उपलब्ध गराउने भएको हो ।
त्यस्तै बैदेशिक रोजगारीका क्रममा घाइतेका वा मृतकको हकमा क्षतिपूर्ती र बीमा रकमका माग दावी, बिदेशमा समस्यामा परेकाहरुको जानकारी र गुनासो बुभ्ने काम पनि पालिकाको रोजगारशाखाबाट हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचना बुढाथोकीले बताइन् । त्यस्तै विदेशमा आवश्यक कागजात कानुनी हकदार प्रमाणित, मृतकको धार्मिक आस्था प्रमाणित तथा कानुनी परामर्स एवं साहायतासमेत गाउँपालिका रोजगार शाखाले अनलाईनमार्फत उपलब्ध हुनेछ ।
गाउँपालिका रोजगार शाखामा निवेदन दिएर रोजगार सेवा केन्द्रमार्फत आपतकालीन सेवाग्राहीले सेवा लिन सक्ने अध्यक्ष दिपक देवकोटाले बताए । यस सेवाबाट लिन नागरिकहरूले विदेशमा रहेका व्यक्तिको ठेगाना र अवस्था खुलाउनु पर्ने, गम्भीर समस्या परेको प्रमाणसहित जानकारी दिनुपर्ने, मृत्यु भएमा घरमा सल्लाहका लागि पालिका सम्पर्क गर्नसक्नेछन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय बुढाथोकीले कन्सुलर सेवा विभागबाट प्रदान गरिने सेवा विभागको अनलाइन प्रणाली प्रयोग गरी गाउँपालिकाको रोजगार सेवा केन्द्रमार्फत प्रदान गर्न सुरु गरेको सार्वजनिक सूचनामार्फत जानकारी दिए । यसअघि अजिरकोट गाउँपालिकाले विदेशमा रहेका श्रमिकको हकमा बैदेशिक रोजगार कल्याणकारी सेवाहरु खोजतलास, उद्दार र क्षतिपूर्तीसेवा मात्र दिदै आएको थियो ।
प्रतिक्रिया