
गोरखा । गत शुक्रबार निर्माण ब्यवसायी कुटपिट गर्ने ३ जना यूवकमाथी गोरखा प्रहरीले ज्यान मुद्वा दर्ता गराएको छ ।
जेठ २३ गते शुक्रबार कृतिका निर्माण सेवाका सञ्चालक कृण्ण प्रसाद अंगाईलाइ गण्डकी गाउँपालिका–२ खमारेमा निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका ३ जना यूवकलाई गोरखा प्रहरीले ज्यान मुद्वा दर्ता गराएको हो ।
कामको शिलसिलामा गएका सञ्चालक अंगाई घर फर्कने क्रममा खमारेमा रोकी गण्डकी गाउँपालिका–४ ढावेका बर्ष २९ का रोशन थापा क्षेत्री भन्ने सुजल थापा, बर्ष १९ का पुष्प प्रसाद देवकोटा र गण्डकी गाउँपालिका–३ आमडाँडाका बर्ष २४ का दयाराम पन्तलाई प्रहरीले ज्यान मुद्वा दर्ता गराएर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानाकारी दिए ।
उनका अनुसार पक्राउ परेका ब्यत्तीहरुले अंगाईलाइ हेल्मेट, ढुङ्गा तथा हातले शरिरको विभिन्न भागमा प्रहार गरेका थिए । कुटपिटबाट अंगाईको टाउको तथा शरिरको विभिन्न भागमा चोटपटक लागेको थियो ।
उक्त घटना पछी घाईते भएका अंगाई २ दिनको उपचार पछी घर फर्किएको पनि सूचना अधिकारी सुवेदीले बताए ।
आरोपितहरुलाई प्रहरीले जेठ २६ गते सोमबार पक्राउ गरेर जेठ २७ गते मंगलबार गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागी म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको पनि सूचना अधिकारी सुवेदीले जानाकारी दिए ।
प्रहरीले घटनामा संलग्न तिनै जनाको मोबाइल समेत बरामद गरेको छ भने उनीहरुले प्रयोग गरेको १ थान मोटरसाईकल समेत बरामद भएको जनाएको छ ।
प्रतिक्रिया