विद्यार्थी सवार बसमाथि आक्रमण : गाेरखाका राजेश सहित ३ जना पक्राउ

विद्यार्थी सवार बसमाथि आक्रमण : गाेरखाका राजेश सहित ३ जना पक्राउ

पोखरा । पोखरामा विद्यार्थी सवार बसमाथि आक्रमण भएको छ । आक्रमणमा परेर ५ विद्यार्थी घाइते भएका छन् । बसमाथि ढुंगा हानेको आरोपमा प्रहरीले गाेरखाका १ जना सहित ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा गोर्खाको पालुङटार घर भई ग्यारेजमा काम गर्ने २८ वर्षीय राजेश मरहट्टा, चितवन घर भई बस चालकको काम गर्ने ४८ वर्षीय तिलकबहादुर थापा मगर र बारा घर भएका बसमा सहचालकको काम गर्ने ३० वर्षीय मानप्रसाद खरेल छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनीहरूले १८ जेठको राति साढे ११ बजेतिर पोखराको चाउचेमा बा १ प ९१६ नम्बरको बसमाथि ढुंगा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले बताए ।

नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी बालकुमारी ललितपुरका विद्यार्थी बोकेर भ्रमणका लागि पोखरा आएका थिए । पोखराबाट काठमाडौं फर्कने क्रममा विद्यार्थी सवार बसमाथि उनीहरूले ढुंगा प्रहार गरेका थिए ।

पक्राउ परेकाहरू विरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रवको कसुरमा ६ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

TOP