गोरखा । संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका ११ वटै स्थानीय तहलाई ४ अर्ब ७८ करोड ५३ लाख रुपैयाँ बराबरको अनुदान हस्तान्तरण गर्ने भएको छ।
पूर्वाधार विकास, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक सुरक्षा कार्यक्रमहरू सञ्चालन गर्न स्थानीय तहहरूले पाउने यो अनुदान समानीकरण, सशर्त, विशेष, समपूरक, न्यूनतम सेवा र कार्यसम्पादन आधारित शीर्षकहरूमा वर्गीकृत गरी हस्तान्तरण गरिँदै आएको हो।
गत वर्षको तुलनामा अधिकांश पालिकाहरूको अनुदान बजेटमा वृद्धिदर देखिएको छ भने केही पालिकाहरूले अपेक्षित बजेट नपाउँदा चालु योजनामा पुनः संरचना आवश्यक देखिएको छ। संघीय अनुदानको पारदर्शी कार्यान्वयन र प्रभावकारिता स्थानीय तहहरूको योजना व्यवस्थापन क्षमता, वित्तीय अनुशासन र अनुगमन प्रणालीमा भर पर्ने देखिन्छ।
गोरखा नगरपालिका : ६६ कराेड ८१ लाख
पालुङटार नगरपालिका : ५९ कराेड ६६ लाख
अजिरकोट गाउँपालिका : ३० कराेड ७३ लाख
सिरानचोक गाउँपालिका : ४७ कराेड ३३ लाख
गण्डकी गाउँपालिका: ४६ कराेड २४ लाख
भीमसेन थापा गाउँपालिका: ४४ कराेड ६२ लाख
आरुघाट गाउँपालिका : ४३ कराेड ८१ लाख
धार्चे गाउँपालिका : ३० कराेड १५ लाख
चुमनुब्री गाउँपालिका : २३ कराेड ३० लाख
सहिद लखन गाउँपालिका : ४१ कराेड २८ लाख
बारपाक–सुलिकोट गाउँपालिका : ४४ कराेड ६० लाख













प्रतिक्रिया