
गोरखा । अवैध लागू औषध गाँजा सहित गोरखाका १ जना यूवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–१० बस्ने २८ बर्षका मधुसुदन अधिकारी भएको मकवानपुर प्रहरीले पुष्टी गरेको हो ।
अधिकारीलाई थाहा नगरपालिका–३ थानाबजारबाट ८० किलो १२० ग्राम गाँजा सहित इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । उनी संगै सिन्धुली दुधौली नगरपालिका–८ बस्ने २५ बर्षका नवराज खड्का पनी पक्राउ परेका छन् ।
दुवैलाई प्रहरीले बा ५ च ४४११ नम्बरको सुमो गाडीबाट पक्राउ गरेको हो । सोही गाडीको पछाडी ढोका र डिक्कीमा फल्स बटम बनाएर १३ वटा प्याकेटमा उक्त परिमाणको गाँजा फेला पारेको पालुङ प्रहरीले जानाकारी दिएको छ ।
गोरखाका अधिकारी उक्त सुमो गाडीको चालक र खड्का सोही गाडीमा रहेका यात्रु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जना बिरुद्व आवश्यक अनुसन्धान सुरु भएको मकवानपुुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया