
गोरखा । गोरखामा भिरबाट खसेर एक वृद्धको मृत्यु भएको छ । भीरबाट खसेको भेँडा समात्न जाँदा चुमनुब्री गाउँपालिका ३ पाङसिँङका ६७ बर्षका लारा गुरुङको भेँडासंगै भीरबाट खसेर ज्यान गएको हो ।
गाउँभन्दा धेरै माथि लेकको इसराङ भीरबाट लडेर गुरुङको घटनास्थलमै ज्यान गएको गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिइन् । उनका अनुसार लारा भेँडा समात्न जाँदा भीरबाट खसेको नजिकै रहेका अर्का गोठालाले देखेका थिए । त्यसपछि उनले गाउँलेलाई खबर गरेका उनले बताइन् ।
उनको मौलिक परम्पराअनुसार बिहिबार अन्त्यष्टि गरिएको पूर्व उपाध्यक्ष गुरुङले जानकारी दिइन् ।
प्रतिक्रिया