लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन्ः मुख्यमन्त्री पाण्डे

लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन्ः मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको आज समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रपछि केही भएन भन्नेहरुले गणतन्त्रअघिको अवस्थालाई राम्रो संग बुझ्न सक्नुपर्ने बताएका हुन्।

‘‘केही राजनीतिक कारणले गर्दा जति हुनुपर्थ्यो त्यति भएन नै होला, जति हुनसक्थ्यो त्यति पनि भएन होला, उनले भने तर केही पनि भएन भनेर भाष्य निर्माण गर्न खोजेर पुरानो धङ्गधङ्गी बोकेर राजतन्त्रको ल्याउने प्रयन्त हुन थालेका छन् हामीले यो कुरा बुझ्नुपर्छ ।’’

मुख्यमन्त्री पाण्डेले संघीयता र समावेशीताले जनतालाई दिएको जस्तो अधिकार हिजोको राजतन्त्रले नदिएको र अव कहिल्यै दिनपनि नसक्ने बताए । सत्ता स्वार्थका लागि आफुले गुमाएको सत्ता फर्किन्छ की भन्ने मनसाय बोकेर केही प्रतिगामी तत्वहरुले जनतालाई भ्रमित पार्ने काम भइरहेको उनको भनाई छ ।

‘‘यो संविधान र व्यवस्था लामो वलिदान र धेरै जनताको कुर्वानीबाट आएको व्यवस्था हो, उनले भने, त्यसैले यसको रक्षा गरेर आवश्यकता अनुसार जनताको पक्षमा हुने गरी संसोधन गर्दै अगाडी जाने वातावरण हामीले बनाउनुपर्छ । ’’

प्रतिगामीहरुले चलखेल गरिरहेको अवस्था सचेत हुनु जरुरी रहेको पनि उनले बताए । ‘‘नकारात्मक र सोच र विचारले मात्र मुलुकलाई अगाडी बढाउन सकिदैन, मुख्यमन्त्री पाण्डेले भने, समस्यालाई यहीँ संविधान र व्यवस्था भित्र रहेर परिमार्जन गर्दै जाने हो ।’’

संविधानमा लेखिएको कतिपय अधिकारका बारेमा संघीय कानुन निर्माण नहँुदा स्थानीय सररकार र प्रदेश सरकारले पनि चाहे जति नसकेको उनले बताए ।
‘‘तीनवटै तहका सरकारका आआफ्ना एकल अधिकार र साझा अधिकार रहेको भएपनि कानुन बन्न नसक्दा अझै समस्या भएको छ, उनले भने ‘‘चाहे त्यो निजामती विद्येयक होस्, चाहे प्रहरी समायोजन वा शिक्षा सम्बन्धी विद्येयक होस् ।’’

संविधानले सवै तहका सरकार विच समन्वय र सहकार्यको व्यवस्था गरेपनि कानुन नबन्दा समस्या अन्यौलता र जटिलता देखिएको मुख्यमन्त्री पाण्डेको भनाई छ । कानुन समयमा निर्माण नगर्ने अनि काम गर्न सकेन् भनेर स्थानीय र प्रदेश सरकारलाई लखेट्न खोजियो भने व्यवस्था माथि नै चुनौती आउने उनको भनाई छ ।

 

प्रतिक्रिया

TOP