श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

फिदिम । पाँचथर याङवरक गाउँपालिका–५ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । घरायसी विवादका क्रममा श्रीमान कृष्ण लिङदेनले कुटपिट गर्दा गम्भीर घाइते हुनुभएको ४० वर्षीया सम्झना भट्टराईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सोमबार मृत्यु भएको छ ।

घटना गत वैशाख ३ गतेको हो । श्रीमान लिङदेनले कुटपिट गर्दा भट्टराईको आन्द्रामा चोट देखिएको थियो । सुरुमा पाँचथर अस्पताल भर्ना भएकी भट्टराईको त्यहाँ उपचार सम्भव नभएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको थियो ।

धराममा उपचारकै क्रममा साेमबार निधन भएको प्रहरीले जनाएको हो । प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार लिङदेनलाई धरानबाट नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

TOP