अखिल नेपाल खेलकुद महासंघ गोरखाको अध्यक्षमा श्रेष्ठ

अखिल नेपाल खेलकुद महासंघ गोरखाको अध्यक्षमा श्रेष्ठ

गोरखा । अखिल नेपाल खेलकुद महासङ्घ गोरखाको अध्यक्षमा बिष्णुकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। महासङ्घको आज गोर्खा सदरमुकाममा सम्पन्न भएको दोस्रो जिल्ला सम्मेलनले सहिद लखन गाउँपालिका वडा नम्बर ६ घैरुङका श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ बक्सिङको पूर्व राष्ट्रिय खेलाडी समेत हुन्।

सम्मेलनले २४ सदस्य समिति गठन गरेको हो । समितिको सदस्यहरूमा नारायण खड्का, सन्तोष गुरुङ, राजु गुरुङ, रत्न आले, विपिन श्रेष्ठ, थम राना, केशर गुरुङ, आइतबहादुर गुरुङ, रामशरण थापा, सूर्यमान गुरुङ, सुजन श्रेष्ठ, अमृत श्रेष्ठ, निराजन श्रेष्ठ, राम अर्याल र गंगाप्रसाद दवाडी चयन भएका छन् ।

त्यस्तै अन्य सदस्यहरूमा अन्जन देवकोटा, छविलाल गुरुङ, विक्रम गुरुङ, शर्मिला गुरुङ, गौरव श्रेष्ठ, एकबहादुर गुरुङ, सुरेश बानिया, सुभाष तामाङ, नविन लामिछाने, रिना श्रेष्ठ र रविन थापा चयन भएका हुन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । भेलामा अखिल नेपाल खेलकुद महासङ्घका फ्याक्सन इन्चार्ज दीपक कोइराला, महासचिव अन्जन धमलालगायतको सहभागिता रहेको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै इन्चार्ज कोइरालाले खेलकुद क्षेत्रको विकासले समग्र राष्ट्रको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले खेल क्षेत्रलाई राज्यले प्राथमिकता दिन नसकेको भन्दै खेल क्षेत्रको विकास र खेलाडीहरूका लागि राज्यले विशेष योजना लेराउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

TOP