गोरखामा सर्वाधिक पुरस्कार राशीकाे खुल्ला भलिबल प्रतियोगिता हुदै

गोरखामा सर्वाधिक पुरस्कार राशीकाे खुल्ला भलिबल प्रतियोगिता हुदै

गोरखा । बैशाखको अन्तिम साताबाट गोरखा सदरमुकाममा अहिलेसम्मकै ठुलो राशीको भलिबल प्रतियोगिताको आयोजना गरीएको छ ।

प्रगतिशिल युवा नेपालको आयोजनामा बैशाख २९ गतेबाट खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरीएको हो ।

जिल्लामा नै अहिलेसम्मको ठुलो राशी रहेको उक्त भविबल प्रतियोगिता ५ जेठ २ गतेसम्म सञ्चालनमा आउने प्रतियोगिता आयोजक संस्थाका अध्यक्ष दिपक थापाले बताए ।

प्रतियोगिताको बारेमा जानकारी दिने उद्वेश्य सहित आयोजित पत्रकार सम्मेलनमा उनले प्रतियोगितामा गण्डकी प्रदेश भित्रका ८ समूहको सहभागिता हुने जानकारी दिए ।

एनसेल प्रथम गोर्खा कप नाम दिएको प्रतियोगिता प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश. ३ लाख १ लाख ५० हजार र ७५ हजार नगद सहित कप, मेडल र प्रमाण–पत्र पाउने छन् ।

प्रतियोगिता अवधिभर बेष्ट प्लेयर, स्पाइकर, ब्लकर, डिफेन्डर, कोच र सर्भर मध्य प्लेयरले १० हजार नगद सहित कप र प्रमाण–पत्र पाउने छन् भने अन्यले नगद ५ हजार सहित कप र प्रमाण–पत्र पाउने अध्यक्ष थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

गोरखा बजारको खेलकुद मैदानमा हुने प्रतियोगितामा ३४ लाख २५ हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।

प्रतिक्रिया

TOP