
गोरखा । गोरखामा हिजो परेको चट्याङमा लागेर घाईते भएका १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शहिदलखन गाउँपालिका–१ बक्राङका ४२ बर्षिय राजु खनाल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिए।
आइतबार साँझ ७ः५० बजे परेको चट्याङ लागेर खनाल गंभिर घाईते भएका थिए । उनको उपचारकै क्रममा गए राती ज्यान गएको सूचना अधिकारी शर्माले जानाकारी दिए ।
उनका अनुसार सोही समयमा हिजो नै पालुङटार नगरपालिका–७ को च्याङलीमा परेको चट्याङमा परी ५० बर्षकी सुकमायाँ आले, १८ बर्षिया विपना आले घाईते भएकी सूचना अधिकारी शर्माले जानकारी दिए ।
घाईते मध्ये खनालको गोरखा अस्पतालमा र अन्य २ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भई रहेको गोरखा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया