
आँखा हजारौं हुन्छन्
नजर हजारौं हुन्छन्
ए सरकार तर
तिम्रो आँखामा शिक्षकको लगि।
सधै सिँउडीकै
बीउ मात्रै उम्रन्छ किन
शिक्षकको आँखामा सधैं
गुलाब मखमली फुलिरहन्छ
वसन्तको हरियाली छाइरहन्छ
तर ए सरकार तिम्रो आँखामा शिक्षक लागि
सधैं शिशिरको तुषारापात किन ?
आखिर तिम्रो आँखामा त बाह्रैमास सिउँडी नै उम्रन्छ क्यार
तिम्रो अाँगनमा हाम्रा मागका थुङ्ग लिएर आयौ
तर ए सरकार
तिमी काँडै ओछ्याएर स्वागत मा उत्रिन्छौ किन
ए भन न सरकार
गुणले भरिएको शिक्षक भित्र अवगुण भएको कसरी भेटछ् तिम्रो आँखाले
दक्ष जनशक्तिको खम्बा बनेर उज्यालो प्रकाश छर्ने
शिक्षकका बत्तीस लक्षणभित्र
नभएको तेत्तिस किन खोज्छ तिम्रो आँखाले
ए सरकार तिम्रा अपमान जनक
एकछत्ते वचनका वाणले
शिक्षकहरूको मर्म र भावनामा लागेको ठेस देख्दैन
स्वस्थ जीवनका हरेक पाटामा
तिम्रो विभेदको भेलले
परेको खाल्डा किन देख्दैन तिम्रा आँखाले?
पहिलो अान्दोलनमा
वचनको कालोपत्र घस्यौ
झुटो आश्वासन दियौ
आखिर ए सरकार गुड देखाएर ईँटाले
शिक्षकलाई नराम्रो सँग हान्यौ किन
ए सरकार
किन बुझ्दैनन तिम्रा आँखाले
शिक्षकका पीडा
यति कुरा याद राख
शिककलाई मान्यता नभएको कमजोर
मनस्थिति नठान
शिक्षकलाई काँडा देख्ने
तिम्रा आँखाका काँडा हामी निकाल्न सक्छौं
तिम्रो झुटोको पर्दा राम्रैसँग हट्नेछ
शिक्षक आफ्नो हक आधिकारका लागि डटेर लड्नेछ
ए सरकार
तिम्रो आँखाको सिँउडी निकाल अब
निकाल अब
जुनु खड्का
छब्दी मा वि शुक्लागण्डकि १०, तनहुँ
भिडियाेः
प्रतिक्रिया