गोरखामा मानव सेवा आश्रम भवन निर्माणको लागी करिब ३८ लाख संकलन

गोरखामा मानव सेवा आश्रम भवन निर्माणको लागी करिब ३८ लाख संकलन

गोरखा। गोररखा सदरमुकाममा निर्माण भई रहेको मानव सेवा आश्रमको भवन निर्माणकालागी करिब ३८ लाख रुपैयाँ संकलन भएको छ ।

नव निर्मित भनवकोलागी अर्थ संकलन गर्ने उद्वेश्य सहित आयोजित ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा ३७ लाख ८० हजार ६१३ रुपैयाँ संकलन भएको आश्रमको गोरखा शाखाले जनाएको हो ।

चैत्र ५ गते भएको उक्त कार्यक्रममा ६३ जना ब्यत्तीहरुले नगद र प्रतिबद्वता गरेर उक्त रकम जम्मा भएको आश्रमकी सञ्चालिका अञ्जु मोक्तान संभावनाले जानकारी दिए।

‘मिट एण्ड ग्रिट’ मा भवन भित्रको १ कोठा निर्माणकालागी ५ लाख ११ हजार १११ रुपैयाँका दरले शित्तलकाजी मास्के, श्यामबावु जोशी, बसन्तकुमार श्रेष्ठ र मिलनप्रेम श्रेष्ठद्वारा प्राप्त भएको पनि सञ्चालिका संभावनाले बताए ।

उक्त रकम प्रदान गर्ने मास्के मानव सेवा आश्रम गोरखाका अभिभावक परिवारका संयोजक हुन भने जोशी भवन निर्माण समितिका कोषाध्यक्ष र बसन्तकुमार श्रेष्ठ अभिभावक परिवारका सदस्य हुन ।

त्यस्तैगरी, सोही कार्यक्रममा गोरखा नगरपालिका–६ पाटेचौरकी मलिना मास्के, ठुलो आँगनकी बिण्णु मास्के, अस्पताल रोडका कृण्ण ढकाल र हाल अष्ट्रेलियामा रहेका सोनिला मास्केले जनही १ लाख ११ हजार १११ रुपैयाँ भवन निर्माणकोलागी सहयोग उपलब्ध गराएको पनि गोरखा आश्रमले जानकारी दिएको छ ।

उक्त रकम सहयोग गर्ने मध्ये ढकाल अभिभावक परिवारका सदस्य समेत हुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा हाँस्क कलाकार मनोज गजुरेलको बिषेश प्रस्तुती रहेको थियो ।

कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा उप–प्रमुख, जिल्ला न्ययाधिस, जिल्ला समन्वय समिति गोरखाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, वडाध्यक्षहरु, जिल्लामा क्रियाशिल राजनैतिक दलका प्रतिनिधी, संघ–संस्थाका प्रमुख तथा प्रतिनिधी र सर्व साधारणहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

TOP