
गोरखा । गोरखा क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको प्यानलै बिजयी भएको छ । सत्ता पक्ष (नेविसंघ र अनेरास्ववियु) को प्यानललाई हराउँदै अखिल क्रान्तिकारीको प्यानल बिजयी बनेको हो ।
मंगलवार राती सम्पन्न मतगणना अनुसार सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गाई निर्वाचित भएका छन् । नेविसंघका रचन परियारलाई ४८ मतले पछि पार्दै अम्गाई निर्वाचित भएका हुन् । अम्गाईले २०९ मत ल्याएका छन् भने परियारले १६१ मत ल्याएका छन् ।
त्यस्तै सचिवमा १९९ मत ल्याएर अखिल क्रान्तिकारीका रुपेश विश्वकर्मा निर्वाचित भएका छन् । उनले अनेरास्ववियुका राजाराम बोहरालाई पराजित गरेका हुन् । बोहराले १७१ मत ल्याएका छन् ।
कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी आयुषा अर्याल बिजयी बनेकी छन् । नेविसंघकी सविना गुरुङलाई ४२ मतले पछि पार्र्दै अर्याल विजयी बनेकी हुन् । अर्यालले २०६ मत ल्याएकी छन् भने गुरुङले १६४ मत ल्याएकी छन् ।
सदस्यहरुमा अखिल क्रान्तिकारीका अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा निर्वाचित भएका छन् ।
प्रतिक्रिया