स्ववियु निर्वाचनः गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीका अम्गाई र नेविसंघका परियारको सभापति पदमा उमेद्वारी

गोरखा । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि गोरखा क्याम्पसमा आज उमेद्वारी दर्ता भएको छ । गोरखा क्याम्पसमा समाजवादी मोर्चा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल समाजवादीको गठबन्धन बनेको छ भने अर्कोतर्फ सत्तापक्षधर नेविसंघ र अनेरास्ववियुको गठबन्धन बनेको छ । गोरखा क्याम्पसमा समाजवादी मोर्चा गठबन्धनको तर्फबाट अखिल क्रान्तिकारीले सुलभ अम्गाईले सभापति पदमा उमेद्वार उमेद्वारी दिनुभएको छ ।
त्यस्तै सचिवमा रुपेश वि.क, कोषाध्यक्षमा आयुसा अर्याल, सदस्यमा अभिषेक राना, सलिना वयलकोटी, रोजिना गुरुङ, सलिना परियार, सविना थापामगरको उमेद्वारी परेको छ । त्यस्तै नेविसंघ र अनेरास्ववियुको गठनबन्धनबाट गोरखा क्याम्पसमा सभापतिमा नेविसंघका रचन परियारको उमेद्वारी परेको छ । त्यस्तै सचिवमा अनेरास्ववियुका राजाराम बोहोरा, कोषाध्यक्षमा नेविसंघकी सविना गुरुङको उमेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।
सदस्यमा नेविसंघबाट अन्जना नेपाली, पुष्पा गुरुङ, अनेरास्ववियुबाट सदस्यमा कोपिला बोहोरा, मनिसा नेपाली सुमन नेपालीको उमेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । समानुपातिक तर्फ भने नेविसंघ र अनेरास्ववियुले आआफने ढंगले बन्द सूची पेश गरेका छन् । दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुनका लागि तोकिएको छ ।
सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ । चैत ५ मा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने छ ।
प्रतिक्रिया