गोरखामा आरुघाट बाहेकका ३ क्याम्पसमा स्ववियु निर्वाचन हुने

गोरखामा आरुघाट बाहेकका ३ क्याम्पसमा स्ववियु निर्वाचन हुने

गोरखा । आउदो चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा गोरखाको आरुघाट बाहेक ३ वटा क्याम्पसमा निर्वाचन हुने भएको छ । स्ववियु निर्वाचन नगराउने बिषयमा राजनैतिक दल बिच सहमती भएसंगै भिमोदय बहुमुखी क्याम्पसमा आउदो चैत्र ५ गते निर्वाचन नहुने भएको हो ।

राजनैतिक दलको उक्त सहमती प्रति बिद्यार्थी संघ–संगठनले भने बिरोध गरेको छ । दुईसय बिद्यार्थी भएको उक्त क्याम्पसमा क्याम्पस प्रशासनले नै आयोजना गरेको बैठकमा जिल्लामा क्रियाशिल दलहरु बिच निर्वाचन नगराउने सहमती भएको बताइएको छ । बिद्यार्थीको अधिकार खोसिएको भन्दै तत्कालै निर्वाचनको मिति घोषणा गर्न संघ–संगठनल अनुरोध गरेका छन् ।

निर्वाचनको निर्धारीत सबै कार्यक्रम रद्द गरेपछी अब गोरखा नगरपालिका–७ को हिले पोखरीमा रहेको गोरखा क्याम्पस, गोरखा, गो.नपा ८ को लक्ष्मी बजारमा रहेको द्रब्य शाह बहुमुखी क्याम्पस र पालुङटार नगरपालिकाको–५ स्थित ठाँटीपोखरीमा रहेको भवानी बहुमुखी क्याम्पसमा मात्र निर्वाचन हुने भएको छ ।

सदरमुकामको दुवै क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी), अखिल नेपाल बिद्यार्थी युनियन (समाजबादी), नेपाल बिद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन नामको २ बिद्यार्थी संगठन र नयाँ शक्ति बिद्यार्थी युनियन गरी ५ वटाले नाम दर्ता गराएका छन् ।

गोरखा क्याम्पसमा छानविन पछि ५ सय ७ जना बिद्यार्थीको नामावली सार्वजनिक गरीएको छ । लक्ष्मी बजारको द्रब्यशाहमा ४ सय ६१ जना र ठाँटीपोखरीको भवानी बहुमुखी क्याम्पसमा २ सय जनाको नाम सार्वजनिक भएको छ । स्ववियु निर्वाचनमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि बिद्यार्थी संगठन, समूह दर्ता हुनुपर्ने ब्यवस्था रहेको छ । निर्वाचन तालिका अनुसार १९ गते सोमबार संघ–संगठनको नाम दर्ता हुने समय तय गरिएको थियो ।

त्यस्तैगरी, फागुन २१ गते मतदाता नामावली प्रकाशन र फागुन २५ गते आइतबार मतदाता नामावलीमाथि दाबी विरोधको समय तालिका प्रकाशन भएको छ ।

तालिका अनुसार फागुन २६ गते मनोनयन पत्र वितरण र फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची रहेको छ । चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ः०० बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया

TOP