
गोरखा। नेवाः देव् दवू जिल्ला समिति गोरखाको अध्यक्षमा पुनः देवीप्रसाद श्रेष्ठ सर्व सम्मत रुपमा चयन भएका छन् ।
गोरखा सदरमुकाममा भएको समितिको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसनले श्रेष्ठलाई पुनः अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरिएको हो ।
नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा रामबावु श्रेष्ठ, उपाध्यक्षमा सिताराम श्रेष्ठ, महिला उपाध्यक्षमा कोमल श्रेष्ठ, सचिवमा बिमला श्रेष्ठ र कोषाध्यक्षमा रुसबावु जोशी पनि सर्वसम्मत रुपमा चयन भएको जनाइएको छ ।
खुल्ला सचिवमा भने कार्यसमितिले चयन गर्ने गरी खाली राखिएको छ । त्यस्तै सदस्यहरुमा कृष्ण श्रेष्ठ, गणेशमान श्रेष्ठ, अर्जुनकुमार श्रेष्ठ, थिरभक्त श्रेष्ठ (नवराज), सुरेन्द्र श्रेष्ठ, मनोज श्रेष्ठ, बुद्व शाही, कल्पना श्रेष्ठ, गौतम श्रेष्ठ र रिता श्रेष्ठ समेत सर्व सम्मत रुपमा चयन भएको बरिष्ठ उपाध्यक्ष रामबावु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कार्य समितिका २ नयाँ सदस्यसमेत आगामी बैठकले मनोनित गर्नेछ ।
प्रतिक्रिया