गोरखाको भिमसेनथापा गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा प्रथम

गोरखाको भिमसेनथापा गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा प्रथम

गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिकाले वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पहिलो स्थान हासिल गरेको छ।
वित्तीय पारदर्शिता, जवाफदेहिता, र सुशासनका सूचकहरूमा ८८ अंक प्राप्त गर्दै भिमसेनथापा गाउँपालिका गोरखा जिल्ला प्रथम भएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिए ।

भिमसेनथापा गाउँपालिकाले सुशासनलाई प्रभावकारी बनाउन अवलम्बन गरेका नीति तथा योजनाको प्रतिफलस्वरूप उच्च अंक प्राप्त भएको उनले बताए । अध्यक्ष बन्जाराले आगामी दिनमा अझ प्रभावकारी कार्ययोजना ल्याएर वित्तीय सुशासनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

TOP