
गोरखा । गोरखामा बाटो खन्ने क्रममा ढुङ्गा खसेर लाग्दा स्काभेटर चालकको मृत्यु भएको छ ।
जिल्लाको अजिरकोट गाउँपालिका–१, स्थित चिस्याङमा आज दिउँसो बा.प्र ०६–००१ क ०१३१ नम्बरको स्काभेटरले बाटो खन्दै गर्दा ढुङगा खसेर लाग्दा चालकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।
मत्यु हुने तनुहँको आँबुखैरेनी गाउँपालिका–६, घुमाउने घर भएका ४५ बर्षका रामबहादुर आलेमगर भएको उनले बताए । कालिका हाइड्रोपावरको ड्याम जानका लागि नयाँ ट्रयाक खोल्नेक्रममा अचानक माथिबाट ठूलो ढुङ्गा स्काभेटर र चालकलाई लागेको थियो ।
चालक आलेमगरको घटनास्थलमै मृत्यु भएको हो । ढुङ्गा लागेर स्काभेटरमा समेत क्षति पुगेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया