गोरखामा भिरबाट लडेर एक बृद्धको मृत्यु

गोरखामा भिरबाट लडेर एक बृद्धको मृत्यु

गोरखा । गोरखामा बृद्धाभत्ता बुझेर फर्कदै गर्दा भिरबाट लडेर एक बृद्धको मुत्यु भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका–४, धावास्थित काशीखोलाका ७५ बर्षका चुडामणी काप्रीको भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय आरुघाट गोरखाका प्रहरी निरीक्षक नविन गिरीले जानकारी दिए ।

आइतवार घरबाट बृद्धाभत्ता बुझ्न निस्किएका काप्री घर नफिर्कएपछि खोजतलास गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्था आज विहान फेला उनले बताए । घ्याम्पेसालस्थित बैँकमा बृद्धभत्ता बुझेर फर्कने क्रममा उनले वडा नम्बर–२, वगुवा खेत जाने बाटोमा पर्ने सेतो पहरो भन्ने ठाउँमा भिरबाट खसेर मृत्यु भएको हो ।

काप्रीको शव बाटोदेखि झण्डै दुईसय ५० मिटर तल खसेको अवस्था भेटिएको निरीक्षक गिरीले बताए । ‘‘बृद्धाभत्ता बुझेर घर नर्फिएपछि प्रहरीको टोली र आफन्तले सोही दिनदेखि खोजी गरेको भएतापनि भेटिएको थिएन, निरीक्षक गिरीले भने, ‘‘आज विहान करिब ७ बजेको समयमा शव फेला परेको हो ।’’

घटनास्थलमा पुगेर प्रहरीको टोलीले शवको मुचुल्का बनाएर अत्येष्टीका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको हो ।

 

प्रतिक्रिया

TOP