गोरखामा आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा बुवा पक्राउ

गोरखामा आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा बुवा पक्राउ

गोरखा। गोरखामा आफ्नै छोरीलाई पटक पटक बलात्कार गर्ने १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उक्त ब्यत्तीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विगत २ महिनामा उनले आफ्नै १५ बर्षिया छोरीलाई डर त्रास देखाई बलात्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताउनुभयो ।

उनले अन्तिम पटक पौष १९ गते बलात्कार गरेपछी पिडितले प्रहरीमा उजुरी दिएकी थिइन । प्रहरीले ३६ बर्षका ति पुरुषको नाम गोप्य राख्दै ‘ज कुमार’ उप नाम दिएको छ ।

पौष २१ गते पक्राउ परेका उनका बिरुद्व २२ गते सोमबार गोरखा जिल्ला अदालतमा हाडनाता जबरजस्ती करणी शिर्षकमा मुद्वा दर्ता गरी म्याद लिएर थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

TOP