गोरखा सेवा समाज नेपालद्वारा अक्षय कोषको रकम हस्तान्तरण

गोरखा सेवा समाज नेपालद्वारा अक्षय कोषको रकम हस्तान्तरण

गोरखा । गोरखा सेवा समाज नेपालले शैक्षिक संस्थाहरुमा स्थापना गर्ने भनिएको अक्षय कोषको रकम आज हस्तान्तरण गरेको छ ।

संस्थाले सदरमुकाममा एक कार्यक्रम गरी जिल्ला भित्रका ८ वटा शैक्षिक संस्थाहरुलाई रकम हस्तान्तरण गरेको अध्यक्ष गणेश बहादुर बानियाँले जानकारी दिए ।

संस्थाले आइतबार ८ शैक्षिक संस्था मध्य ५ वटालाई रकम हस्तान्तरण गरेको संस्थाका सचिव सुरेन लामिछानले बताए । उनका अनुसार ति सबै शैक्षिक संस्थाहरुलाई जनही ५० हजारका दरले रकम हस्तान्तरण गरेको हो ।

समाजको पौष १३ गते बसेको कार्य समिति बैठकले जिल्ला भित्रका ८ वटा शैक्षिक संस्थाहरुलाई शैक्षिक स्तर र बृत्ति बिकासका लागि जनही बिउ पूजीको रुपमा ५० हजारका दरले बितरण गर्ने निर्णय गरे बमोजिम आज चेक हस्तान्तरण गरिएको कोषाध्यक्ष रिक्त बहादुर बानियाँले जानकारी दिए ।

उनका अनुसार आज पहिलो चरणमा धनसिरा मावि, अजिरकोट गाउँपालिका–१ घ्याच्चोक, जनशक्ति मावि, शहिद लखन गाउँपालिका–९, नामजुङ र त्रिभुवन पुस्तकालय, गोरखा नगरपालिका–६, तिनधारेलाइ चेक हस्तान्रण गरिएको छ ।

त्यस्तैगरी, अन्तर ज्योति मावि, बारपाक सुलिकोट गाउँपालिका–६, डाँडागाउँ र तोमन डाँडा मावि, गण्डकी गाउँपालिका–६ भूम्लिचोकबाट आएको स्कुलका प्रअ तथा पुस्तकालयका अध्यक्षलाइ अध्यक्ष बानियाँले चेक हस्तान्तरण गरेका थिए ।

बाँकी रहेको सरस्वती मावि, भिमसेन थापा गाउँपालिका–७, बोर्लाङ, मण्डली मावि, सिरानचोक गाउँपालिका–५ छोप्राक र गोरक्षनाथ बैदिक गुरुकुल बिद्यालय, गोरखा नगरपालिका–६, छहरेलाइ पनि केही दिन भित्रै रकम हस्तान्तरण गरिने गोरखा सेवा समाज नेपालले जनाएको छ ।

कार्यक्रममा बोल्दै संस्थाका प्रमुख सल्लाहकार सुशिलबावु श्रेष्ठ (कैलास)ले यो केबल समाजले र शैक्षिक संस्थाहरुको शैक्षिक स्तर र बृत्ति बिकासमा सेतुका काम मात्र गरेको भन्दै आगामी दिनमा यसको उपयोगिताको हिसाबले रकम थप गर्दै जाने बताए ।

संस्थाले यस अघि पनि जिल्लाको विभिन्न स्थानमा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग र कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

TOP