गोरखा बारपाककी सुचिना घलेको हत्या आरोपमा पक्राउ परेका गुरुङ कारागार चलान

गोरखा बारपाककी सुचिना घलेको हत्या आरोपमा पक्राउ परेका गुरुङ कारागार चलान

गोरखा । गोरखाको बारपाककी सुचिना घलेको हत्या आरोपीलाई गोरखा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । हत्या आरोपी स्थानिय बर्ष ४२ को मन शम्जेर गुरुङलाई अदालतको आदेशले हिजो आइतबार कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुव प्रसाद शर्माले जानकारी दिए।

उनका अनुसार गएको मंसिर १५ गते घरबाट घाँस लिन भनी जंगल गएका सुचिना त्यही दिनदेखी सम्र्पक बिहीन भएकी थिईन । स्थानिय र प्रहरीको खोजीका क्रममा सुचिनाको हत्या गरी शव गाडेको अवस्थामा मंसिर १८ गते दिउसो १ः३० बजे मैखर्क जंगलमा फेला परेको थियो ।

जंगलमा खाडलमा पुरिएको अवस्थामा सुचिनाको लाश फेला परेको थियो । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाबाट गएको प्रहरी नायब उपरिक्षक सहितको अनुसन्धान टोलीले मंसिर २४ गते आरोपित गुरुङलाई पक्राउ गर्न सफल भएको थियो ।

गोरखा प्रहरीले मंसिर २१ गते नै ज्यान सम्बन्धी कसूर कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अगाडी बढाएको थियो । अनुसन्धानका क्रममा गुरुङले सुचिनालाई मैखर्क जंगलमा फेला पारी शारिरीक सम्बन्ध राख्न प्रस्ताव गरेको र नमाने पछी जबरजस्ती गर्ने क्रममा धारिलो हतियार हसियाँले टाउको लगायतको शरीरको विभिन्न भागमा प्रहार गरी गरी मुखमा गोबर मिसीएको माटो र झाँर कोची हत्या गरेको अनुसन्धान क्रममा खुल्न आएको सूचना अधिकारी शर्माले बताए ।

पक्राउ परेका मन शम्जेर गुरुङलाई प्रहरी हिरासतमा राखी अनुन्धान सकेर सरकारी वकिल कार्यालय मार्फत पौष २१ गते आइतबार गोरखा जिल्ला अदालतमा पेश भएकोमा अदालतको आदेशले गुरुङलाई मुद्दा पुर्पक्षको लागि गोरखा कारागार चलान गरेको पनि सूचना अधिकारी शर्माले जानकारी दिए।

प्रतिक्रिया

TOP