गोरखा । गोरखामा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ घर भएका २० बर्षिय निशान गिरी रहेका छन् । भिमसेन थापा गाउँपालिका वडा नम्बर ३ स्थित सिमलफेद भन्ने स्थानमा मोटरसाइकल दुर्घटनामा परि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक सरोज कार्कीका अनुसार असोज २७ गते बेलुका करिब साढे ८ बजे मोटरसाइकल दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भिर घाइते बनेका निशानको आरुघाट स्थित आधारभुत स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही स्थानका २० बर्षका अर्का युवक रुपेश गिरीले चलाएको बा ३६ प १५६२ नम्बरको बाइक अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो । घाइते रहेका बाइक चालक रुपेशलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको गोरखा प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया