गोरखा । नेपालीहरुको महान पर्व वडादशैंको अवशरमा २६ र २७ गते बन्द भएको केबलकार सञ्चालनमा आएको छ । दशैंमा कर्मचारीहरुलाई बिदा भएका कारण शनिबार र आइतबार बन्द गरिएकाे केबलकार आज देखि सञ्चालनमा आएकाे मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
आज १ दिन सञ्चालनमा आएको केबलकार पुनः भोलीदेखी मर्मत संभारकालागी ३ दिन बन्द हुने भएको छ । एनालग प्रविधिबाट हालै मात्र डिजिटल प्रणालीमा आएको केबलकारको नयाँ लठ्ठा झोलिएका कारण ३ दिन बन्द गरेर तन्काउने काम गर्न लागिएको प्रबन्धक शेरचनले बताए ।
२९ गतेदेखी कार्तिक १ गतेसम्म पुनस् बन्द हुने केबलकार कार्तिक २ गते बिहानैदेखी सञ्चालनमा आउने केबुकार प्रशासनले जानकारी दिएको छ ।
चितवनको चेरेशबाट गोरखाको सहिद लखन गाउँपालिकास्थित नेपालकै पवित्र प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि नियमीत सञ्चालनमा आएको हो ।
प्रतिक्रिया