गोरखामा मोटरसाईकल दुर्घटना हुदाँ एक युवकको मृत्यु

गोरखामा मोटरसाईकल दुर्घटना हुदाँ एक युवकको मृत्यु

गोरखा । गोरखामा आज दिउसो मोटरसाईकल दुर्घटना हुदा १ जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका–२ तान्द्राङका ३४ बर्षिय टिकाराम लामिछाने भएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउसो गोरखा बजारबाट लक्ष्मीबजार तर्फ जादै गरेको बा। ४२ प ७९८३ नम्बरको मोटर साईलक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले बताए ।

उनका अनुसार गोरखा नगरपालिका–९ ठिगुरेश्वारामा पुग्दा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी लामिछाने गंभिर घाईते भएका थिए । उनको गोरखा अस्पतालमा उपचारको क्रममा ज्यान गएको चिकित्सकहरुले पुष्टी गरेको हो ।

लामिछानको उपचारको क्रममा दिउसो ३ः१५ बजे ज्यान गएको थियो । दुर्घटनामा परेको लामिछानेको शरिरको बाहिरी भागमा खासै चोट नदेखिएको गोरखा अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया

TOP