अजिरकोटमा अखाद्य बस्तु बिक्री गरेको पाइए कारवाहीमा गरिने

अजिरकोटमा अखाद्य बस्तु बिक्री गरेको पाइए कारवाहीमा गरिने

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले चाडपर्वको मौका छोपी म्याद गुज्रेका अखाद्यबस्तु बिक्री वितरण गरिएको पाइए कानुन बमोजिम कडा कारवाही गर्ने जनाएको छ । गाउँपालिकाले पालिका भित्रका सवै व्यापारी तथा व्यवसायीलाई उपभोक्ताको जनस्वास्थ्यको ख्याल गर्न र म्याद गुज्रेका खाद्यबस्तु बिक्री वितरण नगर्न अनुरोध गर्दै लापरवाही गरिएको पाइए कारवाही गर्ने गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए।

‘‘चाडबाडका मौका छोपेर बजारमा म्याद गुज्रिएका अखाद्यबस्तुहरु बजारमा भित्रन् सक्छन्, उहाँले भन्नुभयो, ‘‘त्यसलाई रोक्न एवं उपभोक्ताको जनस्वास्थ्यको सुरक्षामा ध्यान पु¥याउन गाउँपालिकाको तर्फबाट बेलैमा सचेत गराएका छौ ।’’ उनले बजारमा अखाद्य बस्तु बिक्री बितरण हुनबाट रोक्न गाउँपालिकाले नियमित रुपमा बजार अनुगमन गर्दै आएको भएपनि त्यसलाई चाडपर्वका बेला अझै तिव्रता दिने बताए ।

उपभोक्तालाईसमेत बजारबाट सामान खरिद गर्दा उपभोग्यबस्तुको उत्पादन मिति, उपभोग्य मिति हेरेरमात्र खरिद गर्न तथा उपभोग गर्न गाउँपालिकाले अनुरोध गरेको अध्यक्ष देवकोटाको भनाई छ । बाहिरबाट आयात गर्दा म्याद सकिन लागेको खाद्यबस्तु बजारमा भित्रसक्ने भएकाले सचेत हुनु पर्ने उनले बताए ।

‘‘बाहिरबाट आयात गर्दा म्याद गुज्रिएका अखाद्यबस्तु बजारमा भित्रन्सक्ने भएकाले व्यवसायीहरुपनि ध्यान पु¥याउन जरुरी छ, उहाँले भन्नुभयो, ‘‘अखाद्यबस्तुले उपभोक्ताको जनस्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले सवै सरोकारवालाहरु सचेत रहन जरुरी छ ।’’

गाउँपालिकाले सार्वजनिक सूचना नै निकालेर गाउँपालिकाले अखाद्य बस्तुको बिक्री बितरण र उपभोग गर्नबाट सचेत रहन सवैलाई अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया

TOP