
काठमाण्डौं । काठमाण्डौको वनस्थलीस्थित अन्नपूर्ण चोकमा ढलमा मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन् । शुक्रबार साँझ सवा ६ बजेतिर बागमती प्रदेश–२–०१८प २९७३ को मोटरसाइकलमा ढलमा खस्दा चालकलाई बगाएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले जानकारी दिए।
ढलमा खसेको मोटरसाइकल भने निकालिएको छ । बेपत्ता चालकको खोजी कार्य भइरहेको उनले बताए। मोटरसाइकलमा चालक मात्रै थिए या पछाडि अरू कोही पनि सवार थिए भन्नेबारे नखुलेको प्रहरीको भनाइ छ ।
गएरातीदेखि परेको भीषण बर्षाका कारण ढलमा पानीको वाहाव तिव्र भएको छ ।
प्रतिक्रिया