गोरखा । गोरखा सदरमुकाममा रहेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले लिमिटेडले सस्तोमा चामल बिक्री गर्न शुरु गरेको छ । कम्पनीले चार्डपर्वलाई लक्षित गर्दै शुक्रबार देखि सस्तोमा चामल बिक्री गर्न लागेको हो ।
कार्यालय समय भित्र दशैं, तिहार र छठलाई लक्षित गर्दै कम्पनीको गोरखा शाखाले सस्तोमा चामल बिक्री गर्न लागेको सूचना अधिकारी शिव सुनारले जानकारी दिए ।
उनका अनुसार कम्पनीले बिक्री गर्दै आएको चामलमा प्रति केजी ५ रुपैयाँ छुट दिएर बिक्री गर्न लागेको हो । कम्पनी संग रहेको स्टिम जिरा मसिनो प्रति केजी ८५ रुपैयाँमा बिक्री गर्न लागेको हो । यस भन्दा अगाडी कम्पनीले सोही चालम प्रति केजी ९० रुपैयाँमा बिक्री गर्दै आएको थियो ।
कम्पनीले आफु संग संरक्षित रहेको २५ केजीको स्टिम जिरा मसिनो २ हजार १२५ रुपैयाँ प्रति बोरामा बिक्री गरिने कम्पनीका निमित्त शाखा प्रुमुख तिर्सना आलेमगरले बताईन् ।
प्रमुख आलेमगका अनुसार कम्पनी संग रहेको सोना मन्सुली पनि प्रति केजी ५ रुपैयाँ छुटमा बिक्री गरीने छ । यस अघि ६६ रुपैयाँ प्रति केजी बिक्री गर्दै आएको उक्त चामल शुत्रबार देखि ६१ रुपैयाँमा बिक्री गर्न शुरू गरिएकाे छ ।
शाखाले दिएको जानकारी अनुसार २५ केजीको बोरामा रहेको सोना मन्सुली आजदेखी १ हजार ५२५ रुपैयाँ बोरा बिक्री हुदै छ । कम्पनीले चार्डपर्वलाई लक्षित गरी सोना मन्सुली ३५० क्विन्टल र स्टिम जिरा मसिनो १०० क्विन्टल बिक्री गर्ने लक्ष्य राखेको छ । सहुलियत दरमा दिने उक्त चामल प्रति ब्यत्ती २ बोरासम्म लान मिल्ने पनि कम्पनीले जनाएको छ ।
केही बर्षदेखी चार्डपर्व लक्षित सहुलियत दरमा चामल बिक्री गर्दै आएको शाखालाई कुल ५०० क्विन्टल चामल बिक्री गर्न अनुमती प्राप्त भएको पनि सूचना अधिकारी सुनारले बताए।
अघिल्लो बर्ष कम्पनीले सहुलियतको चामल २०० क्विन्टल मात्र बिक्री गर्ने अधिकार पाएको थियो । उक्त सहुलियतको चामल कम्पनी संग मौदात रहदासम्म माघ २ गतेसम्म सर्व साधारणले खरिद गर्न पाउनेछन् ।
प्रतिक्रिया