गोरखा । एक महिनाको अन्तरालमा गोरखा बजारको भिन्न–भिन्न स्थानमा महिलाको गलाबाट सिक्री चोरी गरेको आरोपमा गोरखा प्रहरीले आज २ जना युवकलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको पुरुषहरुको अनुसन्धान जारी रहेकोले नाम खुलाइएको छैन । उनीहरुलाई प्रहरीले गोरखा नगरपालिका–९ को लक्ष्मीबजारबाट नियन्त्रणमा लिएको हो ।
उनीहरुबाट चोरीमा प्रयोग गरेको स्कुल बा.४५ प ५४९३ हिरो कम्पनीको प्लेजर स्कुटी समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले साउन २३ गते गोरखा नगरपालिका–७ को रोहटेपानी स्थित ७५ बर्षिया रत्नकुमारी मग्रतीको गलाबाट २ तोलाको सिक्री र भाद्र २४ गते गोरखा नगरपालिका–६ की ५९ बर्षिया दाउरीमायाँ राना मगरले गलामा लगाई राखेको २ तोलाकै सिक्री चोरेर फरार भएका थिए ।
मग्रती ब्याम्बो होटल अगाडीको बाटोमा हिडी रहेको बेला र राना मगरको काडाँघाँरीमा बाख्रा चराई रहेको बेला सिक्री चोरी भएको थियो । २ पटकसम्म चोरी गरेर भाग्न सफल भएका उनीहरु पुनः आज गोरखा बजारमा सोही स्कुरको साथमा देखिएको बिशेष सूचनाको आधारमा प्रहरीले गोरखा बजारलाई घेराहाली पक्राउ गर्न सफल भएको हो ।
प्रतिक्रिया