गोरखा । गोरखाको पालुङटार नगरपालिकाले अभिभावक विहिन, अशाहाय तथा आर्थिक रुपमा कमजोर भएका बालबालिकाहरुका लागि शैक्षिक सामग्री प्रदान गरेको छ ।
बुबा आमाबाट संरक्षण नपाएपछि अध्ययनमा समस्या झेल्दै आएका विद्यार्थीलाई राहत स्वरुप शैक्षिक सामाग्री प्रदान गरिएको पालुङ्टार नगरपालिकाकी नगर उप्रमुख बन्दना पाण्डेले जानकारी दिइन् ।
पालुङ्टार नगरपालिका वडा नम्बर १ को अन्नपूर्ण मा बि र वडा नंम्बर २ को जनता माध्यामिक विद्यालयमा अध्ययन गर्ने १५० जना भन्दा बढि विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको उनले बताइन्। आमा बुबा बिहिन बालबालिकाहरुको अभिभावक नै नगरपालिका हो, “उनले भनिन् , साना साना बालबालिकालाई एक्लो महशुस गर्न नदिन निःशुल्क शिक्षाको अधिकारको लागि बालबालिकासँग आफुहरु जोडिएको हौँ ।”
कार्यक्रममा बालबालिकाहरुलाई कापि, कलम, जोमेट्रिबक्स, कलरबक्स, झोला, विद्यालय पोशाक, जुत्ता, मोजा र स्वेटर वितरण गरिएको छ ।
नगरपालिकाले बालबालिकालाई शैक्षिक सत्र भरिको आवश्यकता पूरा हुने गरि शैक्षिक सामग्रि वितरण गरिएको पनि उपप्रमुख पाण्डेले बताइन् ।
नगरपालिकाले नगक्षेत्र भित्ररहेका सबै अभिभावक विहिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य रहेको उपप्रमुख पाण्डेले बताइन् । अभिभावक विहिन बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यक्रमका लागि नगरपालिकाले ८ लाख वजेट बिनियोजन गरेको छ ।
प्रतिक्रिया