दरबन्दी मिलानको बिषयमा पालिकाको कार्यालयमा तालाबन्दी गरेर अतिरन्जित गर्न खाेज्नु दुःखदः अध्यक्ष बजंरा
गोरखा । भिमसेन थापा गाउँपालिकाको शैक्षिक गतिविधि प्रभावित गर्न पालिकाको कार्यालयमा तालाबन्दी गर्नु दुःखद रहेको गाउँपालिका अध्यक्ष लोक प्रसाद बजंराले बताएका छन् ।
शिक्षक दरबन्दी मिलानको बिषयलाई लिएर आइतवार दुल्लभ माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितले पालिकाको कार्यालयमा तालाबन्दी गर्नु दुःखद रहेको उनले बताए ।
गाउँपालिका अध्यक्ष बजंराले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै क्रमिक रुपमा छलफलबाट समाधान गर्न सकिने बिषयलाई कार्यलयमा तालाबन्दी गरेर अतिरन्जित गर्न खोजिएको जनाएको हो ।
गाउँपालिकाले असार ४ गते गाउँ कार्यपालिकाको बैठकबाट सर्वसम्मत दरवन्दी मिलान तथा शिक्षक विद्यार्थी अनुपात समयोजन सम्बन्धी निर्णय गरी दरवन्दी मिलान गरेर शिक्षक सरुवा गरेको थियो ।
सामान्य प्रसासनिक बिषयमा गरिएको कार्यलाई लिएर पालिकाको सेवा प्रवाह, विकास निर्माण तथा सिंगो शैक्षिक गतिविधी प्रभावित हुने तालाबन्दी गरिनु गलत हर्कत भएको विज्ञप्तिमा उल्लेख छ ।
बिज्ञप्तिमा दरबन्दी मिलान अनुसार दुल्लभ मा।विका बिज्ञान शिक्षक राजुबाबु नेपालीलाई प्रचलित कानुन बमोजिम सिद्धकाली मा।विमा सरुवा गरिएको गाउँपालिकाले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद–३, दफा ११ ‘‘ज’’ को खण्ड ११ को अधिकार प्रयोग गरेर दरबन्दी मिलान गर्नु स्थानीय सरकारको क्षेत्राधिकार भएकाले पालिकाले आफ्नो अधिकार प्रयोग गरी बढी भएको विद्यालयको दरवन्दी कटौती गरेर मा।वि तहको एउटा पनि मा बि स्थायी दरबन्दी नै नभएको सिद्धकाली मा।विमा कनिष्ठ शिक्षकलाई सरुवा गरेको थियो ।
गाउँपालिकाले विद्यालयहरुमा विद्यार्थी अनुपातको आधारमा दरबन्दी मिलान गरेका थियो । सोही बिषयलाई लिएर विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितका पदाधिकारी गाउँपालिकामा पुगेर अध्यक्ष, उपाध्यक्ष र प्रमुखप्रशासकिय अधिकृतको कार्यकक्षामा ताला लगाएको थियो ।
प्रतिक्रिया