काठमाडौं । अरिङ्गालले चिलेर गोरखामा एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नम्बर ९ सानावेशीका करिब ६५ वर्षका जयबहादुर कुँवरलाई अरिङ्गालले चिल्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बारीमा रहेको रूखमा मंगलबार बिहान चढेका बेला उनलाई अरिङ्गालले चिलेको थियो । उनको मंगलबार अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रतिक्रिया