राष्ट्रिय बाणिज्य बैंकले ल्यायो चाडपर्व लक्षित सवारी लोन फेष्टिभ अफर योजना

राष्ट्रिय बाणिज्य बैंकले ल्यायो चाडपर्व लक्षित सवारी लोन फेष्टिभ अफर योजना

गोरखा । राष्ट्रिय बाणिज्य बैंकले चाडपर्व लक्षित आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकलाई लक्षित गरेर ७ दशमलब ७७ प्रतिसत व्याजदरमा कर्जा दिने घोषणा गरेको जनाएको छ ।

बैंकले यो योजना यहि २०८१ भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्मको लागि मात्र रहने उल्लेख गरेको छ ।आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजनामा बैंकले स्थिर ब्याज प्रणली लागु गर्नेछ।

ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ७ वर्षसम्म ७ दशमलब ७७ प्रतिशत स्थिर ब्याज तथा ० दशमलब ५ प्रतिशत प्रोसेजिङ फि प्रणालीमा लोन लिन सकिने जनाएको छ ।

प्रतिक्रिया

TOP