नेपाल उद्योग व्यापार महासंघ भिमसेनथापा गाउँपालिकाको अध्यक्षमा श्रेष्ठ

नेपाल उद्योग व्यापार महासंघ भिमसेनथापा गाउँपालिकाको अध्यक्षमा श्रेष्ठ

गोरखा । नेपाल उद्योग व्यापार महासंघ, भिमसेनथापा गाउँपालिकाको अध्यक्षमा विपिन श्रेष्ठ चयन भएका छन् । गत बिहिबार वगुवामा सम्पन्न भएको नेपाल उद्योग व्यापार महासंघ, गोरखाको पालिका स्तरीय भेला तथा अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

जसको उपाध्यक्षमा शंकर तामाङ, सचिवमा प्रेम पुडासैनी, सह–सचिव राजेन्द्र वि.क., सदस्यहरुमा माधव भट्ट, दिपक गैरे, अर्जुन श्रेष्ठ, गौरव श्रेष्ठ र नवराज अंगाई चयन भएका छन् । रिक्त रहेका केहि पद छिट्टै पुर्ति गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बोल्दै भिमसेनथापा गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जराले एक वडा एक उद्योग कार्यक्रम लागु गर्न विशेष पहल गरिरहेको बताएका छन् ।

त्यस्तै बरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठले गाउँमा रहेका हरेक उत्पादनलाइ तत्कालै बजार ब्याबस्थापनको लागि नेपाल उधोग व्यापार महासङ्गले पहल गर्ने बताएका छन् ।  बजार व्यवस्थापनको लागि तनाव नलिई उत्पादनमा जोड दिन उनले व्यवसायीहरुलाई आग्रह गरे ।

पालिका भित्रका हरेक क्षेत्रमा ठुला देखी साना व्यापार व्यवसाय गर्दै आएका सम्पुर्ण व्यक्तिहरुलाई नेपाल उद्योग व्यापार महासंघ, भिमसेनथापामा समेट्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए ।
यस महासंघले व्यावसायीहरुकै हकहितमा काम गर्ने भएकाले पालिकामा रहेका सबै व्यवसायीहरुलाई महासंघमा आवद्ध हुन उनले आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र गोरखा जिल्लाका ईन्चार्ज अमर तमुको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका उपमहासचिब गिता पनेरु, नेकपा माओवादी केन्द्र भिमसेनथापा गाउँपालिका पार्टि अध्यक्ष बिनोद पाण्डे, वडा नं ७ का वडाध्यक्ष नारायण श्रेष्ठ, वडा नं ६ का वडाध्यक्ष रन्जन रिमाल, वडा नं ५ का वडाध्यक्ष होम बहादुर बराम, भिमसेन थापा गाउँपालिकामा रहेका ब्यापारी एवं ब्यावसायीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

TOP