फिस्लिङमा पहिरो खस्दा काठमाडौं – मुग्लिन सडक अबरुद्ध

फिस्लिङमा पहिरो खस्दा काठमाडौं – मुग्लिन सडक अबरुद्ध

काठमाडौं । चितवनको फिस्लिङमा पहिरो खस्दा काठमाडौं – मुग्लिन सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ ।

आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खसेकाले दुईतर्फी नै सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीका अनुसार बिहान साढे पाँच बजेदेखि पहिरो पन्छाउने काम जारी छ । सबै पहिरो पन्छाएर बाटो खुलाउन अझै करिब एकदुई घण्टा लाग्ने अनुमान छ ।

बाटो बन्द भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ ।

फाेटाे स्राेतः दान बहादुर गरूङ

प्रतिक्रिया

TOP