गोरखामा १४३ जनामा डेंगु संक्रमण

गोरखामा १४३ जनामा डेंगु संक्रमण

गोरखा । गोरखा नगरपालिलकामा यो बर्ष १४३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पालिका भित्रका ३ हजार ८४ जनामा गरिएको परिक्षणमा १४३ जनामा डेंगु संक्रमण पुष्टि भएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

पालिका भित्रको आमा बा अस्पताल, एपोलो अस्पताल, तारानगर स्वास्थ्य चौकी र गोरखा अस्पतालमा बिरामी भएर उपचारका लागि आएका ३ हजार ८४ जनामा परिक्षण गर्दा १४३ जनामा संक्रमण पुष्टी भएको पालिकाको स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक निश्चल अर्यालले जानकारी दिए।

पालिकाको हकमा संक्रमितमध्ये सबैभन्दा धेरै गोरखा अस्पतालमा परिक्षण गराएकाहरुमा देखिएको उनकाे भनाई छ । अधिकृत अर्यालका अनुसार गोरखा अस्पतालमा ९९ जनामा देखिएको संक्रमण मघ्ये ५४ जना महिला र ४५ जना पुरुष रहेको थियो ।

त्यस्तैगरी, निजी स्तरको एपोलो अस्पतालमा गरिएको परिक्षणमा १३ जना महिला र १४ जना पुरुष गरी २७ जनामा संक्रमण देखिएको थियो भने आमा बा अस्पतालमा गरिएको परिक्षणमा ४ जना महिला र १२ जना पुरुष गरी १६ जनामा देखिएको थियो । उता तारानगर स्वास्थ्य चोकीमा परिक्षण गराएका मध्ये १ जना पुरुषमा देखिएको थियो ।

पालिका भित्रका सबै वडा र टोल टोलमा स्वास्थ्य शाखामार्फत्‌ ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरीएको भएता पनि संक्रमण उच्च देखिएको थियो । सचेतना फैलाउन उद्वेश्यले यस पटक पनि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन सवै वडा स्तरको स्वास्थ्य इकाइलाई पत्राचार गरीएको उनले बताए ।

संक्रमण देखिएका मध्ये ७२ जना पुरुष र ७१ जना महिला भएको अधिकृत अर्यालले जानकारी दिनुभयो । डेंगु एडिस एजिप्टा जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।

डेंगुको संक्रमण भएमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुनेजस्ता लक्षणहरू देखापर्छ ।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । जसका लागि लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाए अपनाउन र सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।

 

प्रतिक्रिया

TOP