एसिया कपमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

एसिया कपमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

काठमाडौँ । नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टोली पाकिस्तानसँग पराजित बनेको छ । आइतबार राति सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १०८ रनको लक्ष्य पाकिस्तानले ११।५ ओभरमै १ विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानको जितका लागि गुल फेरोजाले ५७ रन बनाइन् भने मुनिबा अली ४६ रनसहित नटआउट रहिन् ।

ल्बदष् िदबलप
यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय आठ रन बनाएको थियो ।

नेपालका लागि ओपनर सीता रानामगरले २६ रनको योगदान गरिन् । उनले ३० बलमा तीन चौका पनि प्रहार गरिन् । पूजा महतोले २५ रन बनाइन् । रनआउट भई पेभेलियन फर्किनुअघि उनले ३२ बलमा तीन चौका हिर्काइन् ।

कविता जोशीले पनि टोलीको खातामा अविजित ३१ रन थपिन् । उनले २३ बलमा एक छक्का र चार चौका हिर्काइन् । कविता कुँवरले १३ रन बनाइन् । पाकिस्तानकी बलर सादिया इक्वालले दुई विकेट लिइन् ।

यसअघि पहिलो खेलमा भने नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

TOP