गोरखा । भिमसेनथापा गाउँपालिकाले बुधबार नगर प्रहरी आधारभूत तालिम समापन गरेको छ । गत असार १७ गते सोमवारदेखि सुरु भएको नगर प्रहरी आधारभूत तालिम बुधबार गाउँ कार्यपालिकाको सभाहलमा एक कार्यक्रमका बिच सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
१५ दिनसम्म सञ्चालन भएको उक्त तालिममा ९ जना नगर प्रहरीको सहभागिता रहेको थियो । जसमध्ये ८ जना पास भएर तालिम सकेका थिए ।
नगर प्रहरीले गाउँपालिका क्षेत्र भित्रका सार्वजनिक सम्पत्ति जस्तै बाटो, ढल, पाटी–पौवा, मठ मन्दिर, पेटी, चउर, आदिको हानी नोक्सानी हुन नदिन नियमित रुपमा रेखदेख र सुरक्षाको व्यवस्था गर्ने काम गर्ने गाउँपालिकाले जनाएकाे छ । त्यस्तै सडे गलेका र वासी खानेकुराहरु बिक्री गरेको फेला परेमा प्रारम्भिक कार्यवाही चलाउने, बिना ईजाजत जथाभावी बसोबास गर्ने, टहरा, छाप्रा आदि आदेशानुसार हटाउने कार्यमा सहयोग गर्ने लगायतका कामहरु गर्नका लागि नगर प्रहरी राखिएको गाउँपालिकाकाे भनाइ छ ।
प्रतिक्रिया